एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हाम्राे बारेमा

 

यस आर्टिकल्स पेपर www.articlespaper.com नामक एउटा थप अनलाइन पत्रिकाको सुरुवात गर्नुको उद्देश्य- सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तित्वको दैनिक जीवनयापनका क्रममा आवश्यक पर्ने सूचना एवम् समाचार सामग्री प्रवाह गर्नु नै हो । पत्रकारिताको सिद्धान्तमा अविचलित रही यो अनलाइन पत्रिकाले आवश्यक सूचना एवम् ज्ञान-सामग्री प्रवाहका लागि महत्त्वपूर्ण सेतुको रूपमा काम गर्ने नै छ । यी आमविशेषतासँगै, यो अनलाइन पत्रिकाको दौरानमा यहाँबाट प्रकाशन हुने सामग्रीको भाषिक शुद्धतालाई विशेष ध्यान दिने जमर्को रहने छ ।

तीव्र गतिमा विकास भइरहेको आजको सूचना प्रविधिको नयाँ रूप – कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) को चक्रव्यूहमा रुमल्लिएका हाम्रा विविध विषयवस्तुसँगै हाम्रो महत्त्वपूर्ण सम्पत्ति नेपाली भाषा पनि रुमल्लिन पुगेको हुँदा यो अनलाइनमार्फत भाषाको ‍जगेर्नामा सानो प्रयास गर्ने अठोट लिएका छौं । अत: यस अनलाइन पत्रिकामार्फत प्रकाशन हुने सूचना एवम् समाचार सामग्रीमा भाषिक शुद्धतालाई मध्यनजर गर्ने हाम्रो प्रयास रहनेछ । ताकि, प्रयोगकर्ताले यहाँ समावेश हुने विषयवस्तुले भन्न खोजेको कुरा सही रुपमा बुझ्न सकौं ।

यस अनलाइन पत्रिकामा विशेषगरी विषय विज्ञ र सम्बन्धित क्षेत्रमा अनुभवी व्यक्तित्वहरूसँगको सहकार्यमा बृहत् नेपाली समाज र नेपाललाई समृद्ध बनाउन टेवा पुर्याउने उपयुक्त र गुणस्तरयुक्त ज्ञान, सूचना एवम् समाचार सामग्री पस्कने छौं । समृद्ध नेपालका साथै विशेषगरी डायस्पोरामा रहनुभएका नेपालीको प्रवर्द्धनमा केन्द्रित जानकारीमूलक लेखहरूलाई प्राथमिकता दिँदै सूचनात्मक आवश्यकताहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहने छौं । साथै, हामी प्रभावकारी र परिवर्तनकारी पत्रकारितामार्फत हाम्रा पाठक एवम् श्रोताहरूलाई सुसूचित बनाउने प्रयास गर्नेछौं भने तपाईंको विशेषज्ञतालाई विशेष स्वागत गर्दछौं ।

हामीले यस अनलाइनको प्रमुख उद्देश्यबमोजिम वरिष्ठ पत्रकार एवम् भाषाविद् शरच्चन्द्र वस्तीको लेखमार्फत सुरु गर्न गइरहेका छौं । जुन लेख नेपाली भाषा र पत्रकारिताका सम्बन्धमा रहने छ । साथै, आमसमुदायलाई आवश्यक पर्ने सबै प्रकारका सूचना एवम् ज्ञान उपलब्ध गराउने उद्देश्यबमोजिम सञ्चालित यस अनलाइन पत्रिकामा यहाँहरूसँगको विज्ञता एवम् अनुभवलाई समेटेर तयार पारिएका लेखहरू विशेष प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरिने सम्पूर्णमा जानकारी गराउँदछौं । अतः यस अनलाइन पत्रिकामार्फत प्रकाशन एवम् प्रसारण हुने हरेक सामग्री नछुटाउनका लागि हाम्रो आधिकारिक वेबसाइट www.articlespaper.com एवम् फेसबुक पेज www.facebook.com/articlespaper मार्फत यस अनलाइन पत्रिकामा जोडिनका लागि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

-आर्टिकल्स पेपर परिवार ।

Published by:
MOONLIGHT INTERNATIONAL MEDIA PVT. LTD., Nepal.

Collaboration with:
PUBLIC DIGITAL MEDIA, INC., USA.

सूचना विभाग दर्ता नं.
३४६८-२०७८/०७९

thearticlespaper@gmail.com