काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

मन्जु भट्टराईद्वारा लिखित कवितासङ्ग्रह “म खुसी म” सार्वजनिक (पूरा भिडियोसहित)

1.68K
shares

काठमाडौँ । मन्जु भट्टराईद्वारा लिखित कवितासङ्ग्रह म खुसी म सार्वजनिक भएको छ । काठमाडौँको तिनकुनेस्थित क्वालीटी फुड क्याफेमा शनिबार आयोजित एक कार्यक्रममार्फत उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

कवि मन्जु भट्टराईका बुबा (ससुरा) चिरञ्जीवी अधिकारी तथा आमा (सासु) तुलसादेवी अधिकारीका साथै पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवाली, प्रा.डा. विष्णु खनाल, वरिष्ट पत्रकार तथा समालोचक हरि अधिकारी, डा. वासुदेव कृष्ण शास्त्रीलगायतको उपस्तिथिमा कवितासङ्ग्रह सार्वजनिक गरिएको थियाे ।

पुस्तक प्रकाशन गरेकोमा कवि तथा लेखक भट्टराईलाई हरि अधिकारी, दिपक ज्ञवाली, प्रा.डा. विष्णु खनाल तथा कविता वाचनसहित डा. वासुदेव कृष्ण शास्त्रीले शुभकामना मन्तव्य दिएका थिए । मन्जु भट्टराईको यो पहिलो कृति हो ।

उक्त पुस्तकको डिजाइन तथा छपाईका साथै कार्यक्रम व्यवस्थापनको जिम्मेवारी मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.ले लिएको थियो ।

यस कविता संग्रह ‘म खुसी म’ बिक्रीबाट आएको रकम नेपालमा पार्क पुस्तकालय र क्यानडामा अटवा–नेपाली सामुदायिक भवन निर्माणमा लगाइने कवि तथा लेखक मन्जु भट्टराईले जानकारी दिनुभएको छ ।

मुनलाइट इन्टरनेशनल मिडिया प्रा.लि.मा सम्पर्क सम्पर्क गरी पुस्तक “म खुसी म” प्राप्त गर्न सकिने छ ।

कार्यक्रमको पूरा भिडियो