नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको संगठन निर्माणको जिम्मेवारीमा ओझा

560
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश समितिले युवा नेता रवीन्द्र ओझालाई खोटाङको संगठन निर्माणको जिम्मेवारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश समितिले नेता ओझालाई खोटाङमा भएका जिल्ला प्रदेश समिति, क्षेत्रीय समिति र तदर्थ नगर समितिसँग समन्वय गरी जिल्लाको संगठन निर्माण गर्ने जिम्मेवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी कोसी प्रदेश महामन्त्री लालविक्रम थापाले जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले साउन अन्तिम सातादेखि संगठन निर्माण व्यापक बनाउने कार्ययोजना तय गरेको छ । असोजसम्ममा जिल्ला भेला गरिसक्ने योजना तय भएको र जिल्ला भेलाले रास्वपा खोटाङको संयोजक र सहसंयोजक चयन गर्ने नेता ओझाले बताएका छन् । त्यसपछि पार्टी जिल्ला अधिवेशन गरिनेछ ।

जिल्ला अधिवेशनले पार्टी सभापति र उपसभापति निर्वाचित गर्ने नेता ओझाले बताए । सभापति र उपसभापति चयनपछि संयोजक र सहसंयोजक पद खारेज हुनेछ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ काठमाडौँ सम्पर्क विभागको तदर्थ समिति पनि गठन भइसकेको छ । उक्त सम्पर्क विभागको सभापतिमा रुद्र जोशी रहेका छन् । खोटाङबाट काठमाडौँ आएर बसोबार गर्ने धेरै युवा तथा खोटाङे जनताहरु सक्रिय रुपमा सम्पर्क विभागमा आवद्ध भइसक्नु भएको छ र आवद्ध हुने क्रम निरन्तर चलिरहेको सभापति जोशीले बताउनु भएको छ ।