काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अगस्ट १६, क्यानाडा- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यानाडामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा...

पुरा पढ्नुहाेस्

भर्जिनिया, अमेरिका – नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था 'नेपाली जनसम्पर्क समिति अमेरिका'को नयाँ नेतृत्वका...

पुरा पढ्नुहाेस्

सम्भावित विपत् व्यवस्थापन: कूटनीतिक समन्वय एवम् प्रविधिमैत्री पूर्वचेतावनी प्रणालीको आवश्यकता

91
shares

नेपालको उत्तरी सीमाक्षेत्रनजिक तिब्बतमा रहेको लेन्धे खोलातर्फबाट भोटेकोसी नदीमार्फत यही अगस्ट २६, २०२६ मा आएको विनाशकारी बाढीले निम्त्याएको त्रासदीपूर्ण घटनाले राष्ट्रलाई अहिले गहिरो शोकमा डुबाएको छ। यो अकल्पनीय प्राकृतिक विपद्का कारण विशेषगरी रसुवा, धादिङ र नुवाकोट जिल्लामा ठूलो क्षति पुगेको छ । त्यस क्षेत्रभित्रका अति प्रभावित रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, धुन्चे र बेत्रावतीजस्ता बस्तीहरू तथा नुवाकोटको विदुर नगरपालिकाका क्षेत्रहरूमा ठूलो धन-जनको क्षति हुन पुगेको छ। यो अकल्पनीय र त्रासदीपूर्ण विपत्का कारण सो क्षेत्रमा रहनुभएका स्थानीय बासिन्दालगायत विविध कारणले त्यस क्षेत्रमा रहनुभएका व्यक्कत्वहरूले ज्यान गुमाउनुपरेको कहालीलाग्दो अवस्थाप्रति हामी मर्माहत भएका छौँ । यो विपत्तिले प्रकृतिको कठोर रूप र त्यसले भविष्यमा निम्त्याउन सक्ने जोखिमको गम्भीर आभास गराएको छ।

यस्ता प्राकृतिक विपत्बाट हुने घटनाको पूर्वजानकारी र सतर्कता अपनाउन विद्यमान प्रविधियुक्त साधनको व्यवस्थापनतर्फ राज्यले आवश्यक एवम् उचित कदमको यथाशीघ्र पहल गर्नु आवश्यक छ । यसका लागि देशका उच्च जोखिमयुक्त क्षेत्रमा आधुनिक प्रविधिको व्यवस्था गरी पूर्वचेतावनी प्रणालीलाई मजबुत बनाई जोखिमयुक्त क्षेत्रका जनमानसलाई सचेत गराउने र समुदायलाई विपत् व्यवस्थापनको तालिम दिनेजस्ता योजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनु अत्यावश्यक रहेको छ । सीमापारिबाट आउन सक्ने जलप्रवाहका कारण हुने क्षति न्यूनीकरण गर्न छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई सुमधुर र सहयोगात्मक बनाउँदै कूटनैतिक समन्वयमार्फत पहल गरी उपयुक्त समाधानका उपाय अपनाउन अब अत्यावश्यक देखिएको छ । साथै, देशभित्रै रहेका जोखिमयुक्त क्षेत्रको पहिचान गरी सम्बन्धित सरोकारवालासँग उचित पहलको तत्काल सुरुवात गर्नु उत्तिकै जरुरी छ ।

विपत्पछिको विद्यमान अवस्थामा नेपाल सरकारलगायत राजनीतिक पार्टी एवम् आमजनसमुदायको तर्फबाट एकजुट भएर तत्काल उद्धार र राहतको व्यवस्थापनमा जुट्नुपर्ने छ । साथै, पीडितहरूको उचित व्यवस्थापन र क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्नु त्यतिकै आवश्यकता रहेको छ । यस्तो विषम् परिस्थितिमा यो विपत् व्यवस्थापनका लागि सहयोग गर्न चाहने स्वदेशी तथा विदेशी दाता, अन्तर्राष्ट्रिय समुदाय, र विशेषगरी विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई नेपाल सरकारको आधिकारिक राहत कोष वा आधिकारिक संघ-संस्थामार्फत निःस्वार्थ एवम् पारदर्शी रुपमा सहयोग गर्न/गराउनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ । यस्ता संवेदनशील समयमा केही गलत प्रवृत्तिले भ्रामक प्रचारका साथै नक्कली सूचना प्रयोग गरी आर्थिक लाभ उठाउने प्रयास गर्न सक्नेतर्फ सचेत रहँदै, पारदर्शी र आधिकारिक माध्यमबाट मात्र सहयोग गर्नुहुन हार्दिक आग्रह गर्दछौँ । आउनुहोस्, यो विपत्को बेला सबै एकजुट भएर हातेमालो गर्दै आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गरी पीडित सबै वर्ग, क्षेत्र र सिङ्गो राष्ट्रलाई राहत मिल्ने वातावरणको व्यवस्थामा सहभागी बनौं ।

अन्त्यमा, यस विपत्बाट ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तित्वप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।