काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अगस्ट १६, क्यानाडा- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यानाडामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा...

पुरा पढ्नुहाेस्

भर्जिनिया, अमेरिका – नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था 'नेपाली जनसम्पर्क समिति अमेरिका'को नयाँ नेतृत्वका...

पुरा पढ्नुहाेस्

प्रहरीको अलर्ट नोटिस जारी : चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्

1.17K
shares

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभएकाे छ।

प्रजिअ परियारले भन्नुभयाे, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो ।