काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ताकाे विषयले यतिबेला कांग्रेसको आन्तरिक...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

1.16K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएकाे छ ।

संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताउनुभएकाे हाे  ।

उहाँले वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउँछ । यो दिन नेपालमा लोकतन्त्रको संस्थागत विकास र जनसरोकारका विषयलाई संसद मार्फत् सम्बोधन गर्ने हाम्रो साझा जिम्मेवारीलाई पनि पुनः स्मरण गर्ने अवसर हो ।’

संसद लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाको रूपमा यसको गरिमा जोगाउनु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू तथा सबै सांसदहरूको दायित्व भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘संसद लोकतन्त्रको मेरुदण्ड हो । जनताको सार्वभौम इच्छालाई कानुन, नीति र राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको गरिमा, प्रभावकारिता र विश्वसनीयता अझ सुदृढ बनाउनु नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु र सबै माननीय सांसदज्यूहरुको दायित्व हो ।’

नेपाली कांग्रेस सदैव लोकतन्त्र, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध रहेको बताए । उनले संसदलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ सुदृढ बनाउन संसद दिवसले प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयाे ।