नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

1.49K
shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् ।

खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।

जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल होल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यस गोलसँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ ।