नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

सुर्खेतमा कार्यक्रम चलिरहेकै बेला एमाले नेता विष्णु पौडेल पक्राउ

2.66K
shares

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको संख्यामा रहेका बिशेष प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५ः१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताउनुभयाे । सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले पाैडेललाई सडक मार्ग हुँदै नेपालगञ्ज पठाएको छ ।