काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज सुरु हुने...

पुरा पढ्नुहाेस्

काठमाडौं । कर्णाली प्रदेशको कालिकोटस्थित तिलागुफामा सामुदायिक पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट...

पुरा पढ्नुहाेस्

३ दिनदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालन

4.21K
shares

काठमाडौँ । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

रोशी खोलामा आएको बाढीले शनिबार डाइभर्सन बगाएपछि मर्मत गरिएको हो । राजमार्ग आज ३ः३० बजेदेखि सवारी सञ्चालनमा आएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।