काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अर्थमन्त्रीको प्रतिवद्धता : सामाजिक जीवनस्तर सुधारमा आगामी बजेट केन्द्रित हुने, सञ्चार क्षेत्रसँग सहकार्य गरिने

1.64K
shares

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताउनुभएको छ ।

इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उहाँले उद्यमशीलताको प्रवर्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत वर्तमान आर्थिक चुनौतीहरू सम्बोधन गरिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले पूँजी विकास, रोजगारी सिर्जना तथा बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमशीलताको विकास र स्वदेशी उत्पादन वृद्धि मार्फत सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, उहाँले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जनालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

छलफलमा इमानको प्रतिनिधिमण्डलले सञ्चारमाध्यमहरूको समग्र विकासका लागि सरकारले सन्तुलित र समावेशी नीति अघि सार्नुपर्ने माग गरेको थियो ।