काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

1.06K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ बिन्दुमा कायम भएको छ । यो ०.४७ प्रतिशतको गिरावट हो ।

आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता  सेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा जलविद्युत समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी ०.१२, जीवन बिमा ०.७१, लघुवित्त ०.७३, म्युचुअल फन्ड ०.४९, निर्जीवन बिमा ०.४८ र अन्य समूह १.३९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआईसी एसिया ब्यालेन्स फन्डको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ ।