काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

नयाँ सरकार गठनपछि बजारमा निरन्तर दबाब २८४ अंकले घटिसक्यो सेयर बजार

763
shares

काठमाडौं । आइतबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०५.५० अंक अर्थात् ३.७९ प्रतिशतले घट्दै २६७६ अंकमा झरेको हो ।

बिहीबार सामान्य सुधार देखिएको बजार नयाँ सरकार गठनपछि भने निरन्तर दबाबमा परेको छ । सरकार गठनअघि २९६० बिन्दुसम्म पुगेको नेप्से हालसम्म २८४ अंकले घटिसकेको छ, जसले लगानीकर्तामा थप चिन्ता बढाएको छ ।

गिरावटका बाबजुद कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जसले बजारमा सक्रियता भने कायम रहेको संकेत गर्छ ।

आजको कारोबारमा जम्मा ७ कम्पनीको सेयर मूल्य बढ्दा २६१ कम्पनीको मूल्य घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त तथा व्यापार समूहलगायत अधिकांश उपसमूह ओरालो लागेका छन् ।

यद्यपि ‘अन्य’ समूह भने ६.०९ प्रतिशतले बढेको छ । यसमा नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीजस्ता रिइन्स्योरेन्स कम्पनीहरूको प्रभाव देखिएको छ।

त्यस्तै, आज ६ नयाँ सूचीकृत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९.६२ प्रतिशतले घटेको छ।