काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सेयर बजारमा ७४ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

1.74K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ को बिन्दुमा कायम भएको छ । यो २.६२ प्रतिशतको गिरावट हो ।

आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता सेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ २.३१, विकास बैंक ३.१८, वित्त ३.०३, होटल तथा पर्यटन २.१२, जलविद्युत २.८१, लगानी २.६७ र जीवन बिमा २.०२ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.३९, लघुवित्त १.९९, म्युचुअल फण्ड ०.९७, निर्जीवन बिमा २.२२, व्यापार ३.९६ र अन्य समूह ५.२६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ९.८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।