काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

नेप्से परिसूचक ४७.७१ अंकले घट्यो

735
shares

काठमाडौं । बालेन सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार पनि उच्च अंकको गिरावट देखिएको छ ।

सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ । यो १.६५ प्रतिशतको गिरावट हो । आज ३४१ कम्पनीको तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर एक लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । आज २३७ कम्पनीको सेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाईड्रोपावर लिमिटेड, रिजलाईन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सोलु हाईड्रोपावर लिमिटेडको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ ।