काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

३२ हात अग्लो रथयात्रा आजदेखि सुरु हुँदै विराजमान गराइँदै सेतो मच्छिन्द्रनाथ

1.19K
shares

काठमाडौं । ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।
तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ ।

याे रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको छ ।