आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

दुई दिनमै १३ हजारभन्दा बढीले घट्यो सुनको मूल्य

1.23K
shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य मा घटेको छ ।

सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ७ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो । यसअघि बिहीबार पनि सुन प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको पनि मूल्य घट्ने क्रम जारी छ । बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भएको चाँदी आज घटेर ४ हजार ८ सय ९५ रुपैयाँमा झरेको छ ।

यसले चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय १५ रुपैयाँले कमी आएको देखाउँछ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ सामान्य उतारचढावसहित प्रतिऔंस ४ हजार ७ सय १६ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा समेत परेको मानिन्छ ।