नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

५१ लाख जनताको भरोसालाई ऐतिहासिक बोधका साथ निभाउनुपर्छ : उपसभापति वाग्ले

2.02K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले प्राप्त गरेको जनमत अत्यन्त महत्वपूर्ण भएकाले त्यसको जिम्मेवारी बहन गर्दै सरकारप्रति खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले हालको जनादेशलाई ‘ऐतिहासिक अवसर’ का रूपमा व्याख्या गर्दै जनताको विश्वास जोगाउनु मुख्य चुनौती भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार रास्वपाले लोकप्रिय मतका आधारमा करिब ५१ लाख अर्थात ४८ प्रतिशत समर्थन पाएको दाबी गर्दै यसले पार्टीलाई बलियो वैधता दिएको बताउनुभयो । ‘यो जनताको ठूलो भरोसा हो, त्यसलाई जोगाउँदै परिणाममुखी काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

डा. वाग्लेले सांसदहरूको प्राथमिक दायित्व कानुन निर्माण भए पनि सरकारको कामकारबाहीमाथि निगरानी राख्ने, समीक्षा गर्ने र आवश्यक परे आफ्नै सरकारको समेत आलोचना गर्ने जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । साथै, आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासा सुन्ने र ती मुद्दाहरू संसदमा उठाउनुपर्ने उनले जोड दिनुभयो ।