काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सिरहा–३ का उम्मेदवार यादव ४ लाख ८७ हजार नगदसहित पक्राउ

1.69K
shares

सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा ठूलो परिमाणमा नगद बोकेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल का सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार निर्वाचन आचारसंहिताविपरीत गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२-०२-००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा राति करिब १२:३० बजे संयुक्त चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा गाडीबाट चार लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मौन अवधिमा ठूलो परिमाणमा नगद ओसारपसार गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यादव यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट सिरहा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।