काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

रामेछापमा मतदान टोली दुर्घटनामा परेपछि वैकल्पिक कर्मचारी खटाइयो

1.51K
shares

रामेछाप । मतदानका लागि खटिएका कर्मचारी सवार गाडी सोमबार दुर्घटनामा परेपछि रामेछापका तीन मतदान केन्द्रमा मंगलबार पुनः कर्मचारी र निर्वाचन सामग्री पठाइएको छ ।

रामेछाप नगरपालिका-२ देउरालीस्थित शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि खटिएका कर्मचारी र मतदान सामग्री बोकेको सवारी देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघुटारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको छ । अन्य सात कर्मचारी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ र सैनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मतदान अधिकृतको निधन र अन्य कर्मचारी घाइते भएपछि प्रभावित केन्द्रमा वैकल्पिक कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा मतपत्र, मतपेटिका लगायतका केही सामग्री क्षति भएकाले त्यसको सट्टामा नयाँ सामग्री पनि पठाइएको छ ।

यसैबीच, घिमिरेको मंगलबार मन्थलीस्थित तामाकोसी घाटमा अन्त्येष्टि गरिएको छ । उनी रुद्राक्षेश्वर मावि, मन्थली-७ मुगिटारका निमावि द्वितीय शिक्षक थिए । प्रहरी सहायक निरीक्षक यादवको शव भने अन्त्येष्टिका लागि गृह जिल्ला सप्तरी पठाइएको छ ।