काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सेयर बजार १९ अंकले बढ्यो

987
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अंकले बढेर २६७४.२० को बिन्दुमा कायम भएको छ । यो ०.७२ प्रतिशतको वृद्धि हो ।

आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१.३६ को कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत कम्पनी लिमिटेडको ३६ करोड ५ लाख तीन हजार १४० बराबरको कारोबार भएको छ ।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।