काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

चन्द्रागिरिमा भोलि महाशिवरात्रि विशेष भजन कीर्तन उत्सव

1.27K
shares

काठमाडौं । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रिको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्रि विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।

भोलि आइतबार महाशिवरात्रिमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन कीर्तन उत्सव तथा महाआरतीलगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशीर्वाद ग्रहण गर्न सक्नेछन् ।