काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

अमेरिकासँगको व्यापार सम्झौताको भारतीय किसानद्वारा चर्को विरोध

1.7K
shares

एजेन्सी । भारतीय किसानले अमेरिकी सामानमा कर घटाउने वासिङ्टनसँगको व्यापार सम्झौताको विरोध गरेका छन् । सम्झौताले भारतीय कृषिलाई चोट पुर्‍याउने र कृषकको जीविकोपार्जनलाई खतरामा पार्ने चेतावनी उनीहरुले दिएका छन् ।

किसानले सम्झौताको विरोध गर्दै नयाँ दिल्लीलगायतका प्रमुख सहरमा प्रदर्शन गरेका छन् । गत हप्ता घोषणा गरिएको सम्झौताले भारतीय संघीय सरकारले किसानलाई दिएको आश्वासनका बाबजुद अमेरिकी कृषि क्षेत्रका ठूला कम्पनीसमक्ष ‘पूर्ण आत्मसमर्पण’ गरेको आरोप लगाएका छन् ।

किसान र ट्रेड युनियनका सदस्यहरूले भारतका प्रमुख शहरहरूमा विरोध र्‍याली निकालेका छन् । केही स्थानमा प्रहरीसँग सामान्य झडपसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीले किसानको संघर्षलाई साथ दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘व्यापार सम्झौताले उनीहरूको जीविकोपार्जनमा असर पार्छ कि भन्ने चिन्तामा किसान छन् ।’ व्यापार सम्झौतामा भारतले ‘सबै अमेरिकी औद्योगिक वस्तुहरू र अन्य खाद्य तथा कृषि उत्पादनमा कर हटाउने वा घटाउने’ उल्लेख छ ।

त्यस्तै अमेरिकाले भारतबाट आयात हुने कपडा तथा तयारी पोसाक, छालाका जुत्ता, छालाबाट बनेका सामान प्लास्टिक, रबर, जैविक रसायन र केही मेसिनरी सामग्रीमा १८ प्रतिशत कर लगाउनेछ । बिहीबार भएको प्रदर्शनले सन् २०२० र सन् २०२१ मा महिनौंको प्रदर्शनको सम्झना गराएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।