काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

डा. खगराज बरालको उपन्यास ‘प्रतिरूप’ बजारमा

1.2K
shares

काठमाडौँ । डा. खगराज बरालद्वारा लिखित दोस्रो उपन्यास ‘प्रतिरूप’ बजारमा आएको छ ।

उपन्यासमा लेखक बरालले पैतिस चालिस वर्ष पहिलाको नेपाली सामाजिक परिवेश, पुरुष तथा महिलाले भोग्नुपरेका पीडा, पहाडी, मधेशी तथा भारतको असम तथा मेघालयको पर्यावतरणमा कथा उनेका छन् । नागरिकता प्राप्त नहुँदाका पीडा, व्यक्तिगत घटना दर्ताका झमेला र विधवा र भिन्न संस्कृतिबिचको विवाहबाट उत्पन्न उल्झनलाई कथानक किसिमले अगाडि बढाएका छन् ।

यस उपन्यासमा कथा भन्ने शैली पूर्वदीप्ति पद्धतिमा आधारित छ । उपन्यासकार कथा भन्ने शैलीमा माहिर देखिन्छन् । यस उपन्यासले नेपाली उपन्यासको मार्गका एक पृथक छाप छोड्न सक्ने अनुमान गरिएको छ ।

‘यस उपन्यासका घटना र पात्रको अतीत वा वर्तमानका घटना र पात्रसँग कुनै सम्बन्ध छैन । सबै घटना । पात्र काल्पनिक भए पनि कसैको जीवनसँग मिल्न गए संयोग मात्र हुनेछ’ भन्ने लेखकीय दावी उपन्यासको सुरुवातमा गरिएको छ । उपन्यासले मानवीय संवेदनालाई साह्रै मसिनो र सुकोमल रूपमा स्पर्श गर्र्न सक्ने छ भन्ने लेखकीय आशय रहेको छ ।

यस अगि बरालका ‘सिकाउने शैली’, ‘सिकाइ र सहयोग’, ‘स्यानी’ र ‘आँगनीको फूल’ जस्ता कृतिहरू प्रकाशित गरिसकेको छ ।
पृष्ठ सङ्ख्या २३८ रहेको यस पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो भने यसको मूल्य ४९५ कामय गरिएको छ ।