नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

रामकुमारी झाँक्रीको राजिनामा स्वीकृत

1.55K
shares

आर्किकल्स पेपर, काठमाडौँ । निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको राजिनामा स्वीकृत भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ४८ घन्टामा राजिनामा दिन निर्देशन दिएका थिए । पार्टीको निर्णय मुताविक सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी थिइन्।

झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद मात्र दिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै झाँक्रीले आफूहरु पार्टीको निर्णयबाटै मन्त्री भएको भन्दै राजीनामाको सवालमा ‘काउन्ट डाउन’ सुरु गरेकोमा आफूलाई चित्त दुखेको बताइन् ।