काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

बुंगमतीमा फर्किए रातो मछिन्द्रनाथ

1.34K
shares

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई  आज बुंगमती फिर्ता लगिएको छ।

लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।

बैशाखमा नै हुनुपर्ने रथयात्रा कोरोना संक्रमणका कारण रोकिएको थियो। ६ महिनासम्म जात्रा  सुरु नहुँदा अन्यौलता बीच केही हप्ताअघि केही युवाहरुले पुल्चोकबाट रथ तानेका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। त्यसपछि रथयात्रासँग सरोकालवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए।