नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

बुंगमतीमा फर्किए रातो मछिन्द्रनाथ

1.56K
shares

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई  आज बुंगमती फिर्ता लगिएको छ।

लगनखेलको इटी टोलबाट तानेर ल्याएको चौथो दिनमा भोटो जात्रा गरेर मात्रै बुंगमती लग्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरस संक्रमणका कारण भोटोजात्रा नगरी नै रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।

बैशाखमा नै हुनुपर्ने रथयात्रा कोरोना संक्रमणका कारण रोकिएको थियो। ६ महिनासम्म जात्रा  सुरु नहुँदा अन्यौलता बीच केही हप्ताअघि केही युवाहरुले पुल्चोकबाट रथ तानेका थिए। सो क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। त्यसपछि रथयात्रासँग सरोकालवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए।