काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

चन्द्रागिरी साहित्य सरोवरद्वारा आयोजित २१३औँ भानु जयन्ती तथा ५५औँ रचनावाचन कार्यक्रम सम्पन्न

553
shares

काठमाडौँ । डा. रमेश शुभेच्छुको प्रमुख अतिथ्यमा चन्द्रागिरी साहित्य सरोवरले २१३औँ भानु जयन्तीसहित ५५ औँ रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रा.डा गोपीन्द्र पौडेल, साहित्यकार तेजप्रकाश श्रेष्ठ, प्राज्ञ नरनाथ लुइटेल, प्रा.डा. हृदयलाल कोइराला, डा. सत्यराज थपलिया, साहित्यकार जगन्नाथ तिमल्सिना, मन भुजेल, पूर्ण खड्का,भुवन सङ्गम भोला चालिसेलगायतको बाक्लो उपस्थिति थियो। चन्द्रागिरीको मुनाल पुस्तकालयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकासहित स्थानीय साहित्यकार र अतिथि साहित्यकारहरूले रचनावाचन गर्नुभएकाे थियाे।

कार्यक्रममा विष्णुदेवी मा.विका तेरिसा बुढामगर, अनुषा बोहरा, अर्जुन ओली, सोमिका स्याङतान, रजनी पुरी , सुन्दर वन विद्यालयका अखण्ड केसी, एल.आर आई विद्यालयका आज्ञा केसी, ब्राइट फ्युचर विद्यालयका प्रदिप्ती पाठक, आरोह पौडेल, प्रस्तोता सिलवाललगायतका बालबालिकाले भानुभक्तीय रचनावाचन गर्नुभएकाे थियाे । त्यस्तै रारा हिल मेमोरियल स्कुलका प्रज्ञा चालिसेले मौलिक रचना वाचन गर्नुभयाे ।

कार्यक्रममा काशीराज सुवेदी, भोला चालिसे, पूर्णबहादुर खड्का, डा. सत्य प्रकाश थपलिया, मन भुजेल, विद्या न्यौपाने, सुदन लुइटेल, मथुरा राउत, हरिशरण आचार्य, उत्तम विचार भेटवाल, जगन्नाथ तिमल्सिना, भुवन संग मलगायतले रचनावाचन गर्नुभएको थियो ।

विशेष अतिथि तेज प्रकाश श्रेष्ठ र नरनाथ लुइटेलले भानुभक्तको कृतित्वको चर्चा गर्दै आआफ्ना रचना सुनाउनुभयो। त्यस्तै लुइटेलले नुवाकोटका कवि ठाकुरप्रसाद अधिकारीको भानु र घाँसी शीर्षकको कविता पनि पाठ गर्नुभयो। विशेष अतिथि प्रा.डा गोपीन्द्र पौडेलले भानुभक्तका बारे सङ्क्षिप्त मन्तव्य राख्नुहुँदै बालबालिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा वाचित कविताको समीक्षासहित बोल्नुहुँदै प्रमुख अतिथि डा. रमेश शुभेच्छुले भानुभक्तलाई अझै अध्ययन गर्न बाँकी रहेको, उहाँको वंशावलीबारे पनि अध्ययन खोज गर्न बाँकी रहेको तर भानुभक्तकाबारे जे जति अध्ययन अनुसन्धान भएको छ त्यसका आधारमा भानुभक्त मौलिक कविता सामर्थ्य भएका कवि भएको र आफ्नो समयका कविहरूमध्ये प्रतिनिधि कवि भएको चर्चा गर्नुभयो ।

उहाँले भानुभक्तलाई अन्य राष्ट्रिय विभूतिहरूसँग तुलना गरेर हेर्न सकिने, भानुभक्तको रामायणको मौलिकता र अन्य फुट्कर कविताहरूको सामाजिक चेतनालाई आजका पुस्तासम्म पुर्‍याउनुपर्ने, बधूशिक्षाका बारे फैलाइएको भ्रमलाई समयसापक्ष रुपमा हेरिनुपर्ने विचार राख्नुभयो।

चन्द्रागिरी साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्र को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शोभा खनाल र कौशल्या चालिसेले सहजीकरण गर्नुभएको थियो।

समाचार :मन भुजेल