एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

इरानलाई परमाणु हतियार बनाउन दिँदैनौँ : राष्ट्रपति ट्रम्प

252
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको’ बताउनुभएको छ । उहाँले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिनुभएको छ ।

मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गर्नुभयो । उहाँका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ । ‘हामीले राम्रो काम गरेका छौं । उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,’ उहाँले भन्नुभयो ।

ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने सुनिश्चित गर्न थप कडा र स्थायी कदम आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले इरानमाथि थप दबाब कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरान क्षेत्रमा सक्रिय विभिन्न मिलिसिया समूह र आतंकवादी संगठनहरूबाट खतरा रहेको भन्दै त्यस्ता समूहहरूलाई निस्तेज पार्न आवश्यक रहेको बताउनुभयो । ‘त्यहाँ धेरै आतंकवादी गतिविधि छन, हामीले भेटिएसम्म त्यस्ता समूहहरूलाई समाप्त गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

अमेरिकी र इजरायली फौजले हाल इरानका सैन्य संरचना तथा मिसाइल अड्डाहरूमा लक्षित आक्रमण जारी राखेका छन् । अमेरिकी सेनाले इरानको हर्मुज जलमार्ग मध्य नजिकैका कडा संरचनायुक्त मिसाइल अड्डाहरूमा ५,००० पाउन्ड तौलका ‘डीप पेनेट्रेटर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ ।

हाल मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै गएको छ भने यसले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढ्दै गएको छ ।