एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

भद्रपुर राजस्व कार्यालयद्वारा ८ महिनामा २ अर्ब ७० करोड संकलन

301
shares

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा २ अर्ब ७० करोड ५८ लाख राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यको ८०.४३ प्रतिशत हो।

कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार फागुनसम्म ३ अर्ब ३६ करोड ४१ लाख संकलन गर्ने लक्ष्य राखिएको थियो। आठ महिनामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट उक्त राजस्व उठेको कार्यालयले जनाएको छ।

निर्वाचनका कारण पछिल्लो समय बजार अनुगमन प्रभावित भएको उल्लेख गर्दै कार्यालयले आगामी दिनमा अनुगमन बढाएर लक्ष्य हासिल गर्ने तयारी गरेको जनाएको छ ।