समानुपातिक सांसद चयनमा रास्वपा, आजै नामावली टुंग्याएर निर्वाचन आयोग पठाउने तयारी
२०८२ चैत १ आइतवार १२:०६
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने भएको छ ।
पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताउनुभयो । उहाँले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताउनुभयो ।
‘औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन,’ पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भन्नुभयो, ‘निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’
सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उहाँले बताउनुभयो ।























