एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

ओपोको नयाँ धमाका ‘ओपो ए६’ : आईपी ६९ रेटिङसहितको ‘अन्डरवाटर’ फोटोग्राफी

378
shares

काठमाडौं । ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५डब्लू सुपर फास्ट चार्जिङले समर्थन गर्छ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पु¥याउँछ ।

साथै, यसमा १२० एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मुथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ओपो ए६ को अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी क्षमता हो, जसलाई आईपी ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले समर्थन गर्छ । यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सक्षम बनाउँछ ।

नेपालमा यो स्मार्टफोन ८जिबी + २५६ जिबी भेरियन्टमा ३८ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध छ । ग्राहकले ४० प्रतिशत डाउन पेमेन्टसहित शून्य प्रतिशत ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकले एक्सटेन्डेड वारेन्टीसमेत प्राप्त गर्नेछन् । यो स्मार्टफोन साफायर ब्लु र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

भिजुअल अनुभवका लागि रहेको १२० एचजेड एमोलेड डिस्प्लेले स्मुथ स्क्रोलिङ, फ्लुइड एनिमेसन तथा जीवन्त रंगहरू प्रदान गर्छ । ११२५ निट्स पिक ब्राइटनेसका कारण तेज घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ, जसले बाहिरी प्रयोगलाई सहज बनाउँछ ।

क्यामेरा पक्षमा ओपो ए६ मा ५० एमपी एआई मेन क्यामेरा रहेको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा समेत विस्तृत तथा स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ । अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी सुविधाले पानीभित्र वा वर्षाका समयमा पनि विशेष क्षणहरू कैद गर्न मद्दत गर्छ भने आईपी ६९ रेटिङले पानी र धुलोबाट थप सुरक्षा प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।