एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

पश्चिम एसियामा द्वन्द्वको असर : ६५ हजार बढी नेपालीले गराए अनलाइन विवरण दर्ता

280
shares

काठमाडौं । पश्चिम एसियामा विकसित द्वन्द्वपूर्ण परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायताका लागि सञ्चालन गरिएको अनलाइन प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी संकलन गर्न दर्ता प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

विभागका महानिर्देशक दुर्पदा सापकोटाका अनुसार पश्चिम एसियामा रहेका नेपाली राजदूतावासमार्फत नागरिकको विवरण संकलन गर्ने काम जारी रहेको छ। दर्ता भएका विवरणको अध्ययन गरी आवश्यकताअनुसार उद्धार तथा सहयोगका लागि प्रक्रिया अघि बढाइँदैछ ।

परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न नेपाली नियोगहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार समस्यामा परेका नेपालीको उद्धार तथा आवश्यक सहयोगका लागि सम्बन्धित नियोगहरू सक्रिय रूपमा काम गरिरहेका छन्।

यसैबीच परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार बसेको दोस्रो बैठकले पश्चिम एसियास्थित सबै नेपाली नियोगलाई समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यमबाट सम्पर्क गरी उनीहरूको अवस्था बुझ्न, मनोबल बढाउन तथा प्राप्त प्रतिक्रिया सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालयले पश्चिम एसियामा रहेका सबै नेपालीलाई संयमित, सचेत र सजग रहन पनि आग्रह गरेको छ । साथै स्थानीय कानुनविपरीत हुने गरी फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्नसमेत अनुरोध गरिएको छ ।