एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

बालेन शाहको चुनावी खर्च विवरण सार्वजनिक, ओलीलाई हराउँदा १४ लाख १७ हजार खर्च

399
shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहनुभएको बालेनले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको खर्चको विस्तृत विवरण आयोगमा पेश गर्नुभएको हो । सो निर्वाचनमा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै विजय हासिल गर्नुभएको थियो ।

आयोगमा बुझाइएको विवरण अनुसार बालेनले चुनावी अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ । खर्च विवरणमा घरदैलो तथा प्रचार अभियानमा सबैभन्दा बढी रकम खर्च भएको देखिएको छ ।

उहाँका अनुसार १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रममा करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै दुई वटा सवारीसाधन भाडा तथा इन्धनका लागि २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

यस्तै पाँच पटक गरिएको हवाई यात्रामा ३५ हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ तथा नमुना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च गरिएको जनाइएको छ ।

त्यसैगरी निर्वाचन कार्यालय सञ्चालनका क्रममा दुई महिनामा पानीका लागि १ लाख २० हजार रुपैयाँ र स्टेशनरी सामग्रीका लागि २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रचारप्रसारका लागि कागज, ब्यानर तथा स्टिकर छपाइमा करिब ३ लाख ५६ हजार रुपैयाँ खर्च गरिएको छ भने मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

उक्त खर्च विवरण उम्मेदवारका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी २०८२ फागुन २४ गते जिल्ला निर्वाचन कार्यालयमा दर्ता गराउनुभएको छ ।