एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेप्सेमा ६ प्रतिशतको सकारात्मक सर्किट, दिनभरिको कारोबार बन्द

357
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ ।

आज नेप्से परिसूचक १६२.९३ अंकले बढेर दुई हजार ८७५.४३ को बिन्दुमा कायम भएको छ । यो ६ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।

आज बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।

आज २६१ कम्पनीको ११ लाख ४३ हजार ७६७ कित्ता सेयर चार हजार ५१ पटक खरिद-बिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार ८९४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ६.९२, विकास बैंक ५.९१, वित्त ५.४७, होटल तथा पर्यटन ५.७३, जलविद्युत ६.८१ र लगानी समूह ७.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बिमा ४.६७, उत्पादन तथा प्रशोधन ५.३०, लघुवित्त ४.०७, म्युचुअल फन्ड ०.१८, निर्जीवन बिमा ३.७४, व्यापार ७.७३ र अन्य समूह ५.५६ प्रतिशतले बढेको हो ।