एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

सुन-चाँदीको भाउमा सामान्य वृद्धि : आज प्रतितोला ३ लाख ९ हजार ५ सयमा कारोबार

315
shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ सामान्य बढेको छ।  आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला पाँच हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।